जिसस प्रमुख तामाङलाई मातृशोक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङलाई मातृशोक परेको छ । प्रमुख तामाङकी आमा आइतीकुमारीको ८४ वर्षका उमेरमा निधन भएको हो ।

आइतीकुमारी नेपाल तामाङ कलाकार संघका सदस्य एवं लोकदोहोरी प्रतिष्ठान सिन्धुपाल्चोकका अध्यक्ष योगेश ग्लान लामाकी समृत आमा हुन ।

केही समयदेखि काठमाडौंमा उपचाररत आइतीकुमारीकोे स्वास्थ्यमा सुधार नभएपछि आफ्नै निवास बाँसबारी ल्याइएको थियो । मृतक लामो समयदेखि फोक्सोको रोगबाट पीडित थिइन् । उनको शुक्रबार बेलुकी निधन भएको परिवारले जनाएको छ ।