विश्वभर कारोनाबाट मर्नेको संख्या एक लाख ९७ हजार, अमेरिकामा मात्रै ५१ हजारभन्दा बढीले गुमाए ज्यान, भारतमा ७७५ को मृत्यु

इटालीमा १५० स्वाथ्यकर्मीले गुमाए ज्यान

एजेन्सी । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ९७ हजारभन्दा बढी पुगेको छ । विश्वभर २८ लाख ३२ हजार चार सय ५६ पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा विगत २४ घण्टामै २ हजार तीन सयको ज्यान गएको छ । अहिले सम्म अमेरिकामा ९ लाख २५ हजारभन्दा बढी संक्रमित भएका छन भने ५१ हजार एक सय ८५ जनाको ज्यान गएको छ । यहाँ एक लाख १० हजार निको भएका छन ।

यो अवधिमा आठ लाख सात हजारभन्दा बढी निको भएर घर फर्किएका छन ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९ सय ९६ जनाको ज्यान गएको छ । इटालीमा उपचारमा सक्रिय १५० जना स्वास्थ्यकर्मीले समेत ज्यान गुमाएका छन । स्पेनमा २२ हजार पाँच सय सय २४ जना, फ्रान्समा २२ हजार २४५, बेलायतमा १८ हजार सात सय ३८ जना, बेल्जियममा ६ हजार चार सय ९० जना, जर्मनीमा पाँच हजार पाँच सय ७५ जना, नेदरल्यान्ड्समा ४ हजार एक सय ७७ जना, स्वीडेनमा २ हजार २१ जना, स्वीट्जरल्यान्डमा एक हजार पाँच सय ५१, रसियामा ६ सय १५ जनाको मृत्यु भएको छ ।

यता इरानमा साढे पाँच हजार, चीनमा ४ हजार ६ सय ३२ जना, ब्राजिलमा ३ हजार तीन सय ३१ जना, मेक्सिकोमा एक हजार ६९, भारतमा सात सय ७५ को मृत्यु भएको छ । भारतमा २४ हजार पाँच सय ६ जना संक्रमित भएका छन । इन्डोनेसियामा ६ सय ४७ जना, इक्वेडरमा पाँच सय ६० को मृत्यु भएको छ ।