कोरोनाबाट विश्वमा दुई लाख तीन हजार ६ सय बढीको मृत्यु, २९ लाखभन्दा बढी संक्रमित, आठ लाख ३४ हजार निको भए

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई लाख तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । २९ लाख ३४ हजार ६ सय भन्दा बढी मानिस संक्रमित भएका छन भने आठ लाख ४० हजार सात सय ६६ जना निको भएका छन ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार आइतबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा ५८ हजार सात सयभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा १० लाख ३६ हजारभन्दा बढी संक्रमित भएका छन ।

कोरोनाले युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २० हजार नाघेको छ । एसियामा चार लाख ६२ हजार पाँच सय बढी संक्रमित भएका छन भने करिब १७ हजारको मृत्यु भएको छ । यहाँ दुई लाख २१ हजार भन्दा बढी निको भएका छन ।

भारतमा हालसम्म आठ सय २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २६ हजार चार सय ९६ पुगेको छ । नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ भने १२ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।