कोरोनापछिको अर्थतन्त्र उकास्न काँग्रेसले थाल्यो विज्ञहरुसँग विमर्ष

काठमाडौं । कोरोनापछिको अर्थतन्त्र उकास्न विशेष रणनीति आवश्यक भएको विज्ञहरुले बताएका छन । काँग्रस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा अर्थशास्त्री तथा योजनाविदहरुले कोरोना महामारीले नेपालको अर्थतन्त्रमा परिरहेको र पार्ने असरको पूर्वानुमान एवं कोरोनापछिको मुलुकको अर्थतन्त्रलाई उकास्त अपनाउनुपर्ने रणनीतिका बारेमा धारणा राखेका हुन ।

काँग्रेसको केन्द्रीय कार्यालयमा आयोजित छलफलमा विज्ञहरुले विशेष योजना र रणनीति विना अर्थतन्त्र उकास्न नसकिने बताएका थिए । पार्टीका पदाधिकारी, पूर्वअर्थमन्त्री एवं अर्थशास्त्रीहरुबीच भएको विशेष छलफलमा उनीहरुले विशेष रणनीतिमा जोड दिएका हनु । उनीहरुले लकडाउनका कारण नेपाली जनताले कष्टकर अवस्था भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी रहेको धारणा पनि राखेका थिए ।

विज्ञहरुले व्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्नुपर्ने कदमका विषयमा पनि छलफल गरेका थिए । बैठकमा सभापति देउवा, पार्टीका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशांक कोइराला, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, उदयशम्शेर राणा र अर्थशास्त्रीहरु डा पृथ्वीराज लिगल, डा शंकर शर्मा, डा जगदीशचन्द्र पोखरेल, डा गोविन्द पोखरेल, डा स्वर्णिम वाग्ले, डा अच्युत वाग्ले, डा पोषराज पाण्डे, प्रभु बुढाथोकी, डा विश्व पौडेल र राजु नेपाल सहभागी थिए ।