भारतमा ३३ हजार ५० मा कोरोना संक्रमण, विश्वभर गुमाए दुई लाख २८ हजारले ज्यान, अमेरिकामा मात्रै ६१ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । खुला सिमाना जोडिएको छिमेकी मुलुक भारतमा बिहीबार बिहानसम्म ३३ हजार ५० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । हालसम्म भारातमा एक हजार ७४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन । अहिलेसम्म आठ हजार तीन सय २५ जना उपचारपछि निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भातरमा लगाइएको लकडाउन मध्ये मेबाट केही राज्यमा खुकुलो हुनसक्ने अनुमान गरिएको छ । उता कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा बुधबार अबेरसम्म १० लाख ६४ हजार एक सय ९४ जना संक्रमित भएका छन भने अहिलेसम्म ६१ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वभर दुई लाख दुई लाख २८ हजार दुई सय ५१ जनाको मृत्यु भइसकेको छ । भने ३२ लाख २० हजार ९ सयभन्दा बढीलाई संक्रमण फैलिएको छ । १० लाख एक हजार नौ सय ३३ जना उपचारपछि घर फर्किएका छन ।