बम विस्फोट हुँदा रोल्पामा चार बालबालिकाको ज्यान गयो

काठमाडौं । रोल्पामा बेवारिसे बम विस्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बिहीबार साँझ विस्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

बाख्रा चराएर घर फर्किरहेका बालबालिकाले भेटाएको बस्तु खेलाउँदा विस्फोट भएको बताइएको छ । मृत्यु हुनेमा त्रिवेणी – ७ का ११ वर्षीया विमला डाँगी, १४ वर्षीय लोकीराम डाँगी, पाँच वर्षीय विजय खत्री र वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपाली रहेको बताइएको छ । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको बताइएको छ ।

बम द्वन्दकालीन हुनसक्ने अनुमान स्थानीयको छ ।