कोरोनाबाट विश्वभर २ लाख ४४ हजारभन्दा बढीको मृत्यु, ११ लाख २६ हजार निको भए, ३४ लाख ९७ हजारभन्दा बढी संक्रमित

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर दुई लाख ४४ हजार आठ सय ७६ जनाको मृत्यु भइसकेको छ । यसबाट संक्रमितको संख्या ३४ लाख ९७ हजार ४७ पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्म विश्वभर २४ घण्टाको अवधिमा पाँच हजार दुई सय १५ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र एक हजार ६ सय ९१ जनाले ज्यान गुमाएका छन ।

कोरोनाबाट युरोपमा एक लाख ३९ हजार चार सय ९३ जनाले ज्यान गुमाएका छन । युरोपमा १४ लाख २४ हजारभन्दा बढी संक्रमितमध्ये पाँच लाख ३४ हजारभन्दा बढी निको भएका छन ।

त्यस्तै उत्तर अमेरिकामा आइतबार दिउँसोसम्म ७३ हजार आठ सय ८० जनाले ज्यान गुमाएका छन । यहाँ १२ लाख ६० हजार ६ सयभन्दा बढी संक्रमितमध्ये दुई लाख १५ हजार तीन सय निको भएका छन ।

त्यस्तै एसियामा पाँच लाख ४७ हजार तीन सयभन्दा बढी संक्रमित मध्ये १९ हजार तीन सय ५५ जनाले ज्यान गुमाएका छन भने दुई लाख ८४ हजारभन्दा बढी निको भएर घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

उता दक्षिण अमेरिकामा दुई लाख पाँच सय भन्दा बढी संक्रमित मध्ये ६९ हजार निको भएका छन भने १० हजार दुई सय ५१ भन्दा बढीले ज्यान गुमाएका छन ।

अफ्रिकामा कोरोनाबाट ४३ हजार सात सय ३५ जना संक्रमितमध्ये १६ हजार ६ सयभन्दा बढी निको भएका छन भने १७ सय ६३ जनाको ज्यान गएको छ ।

अष्ट्रेलियामा एक सय १५ को ज्यान गएको छ भने यहाँ संक्रमित आठ हजार संक्रमित मध्ये सात हजारभन्दा बढी निको भएर गएका छन ।

भारतमा संक्रमितको संख्या बढेर ४० हजार पुगको छ । यहाँ १० हजार आठ सयभन्दा बढी निको भएका छन भने १३ सय २३ जनाले आइतबारसम्म ज्यान गुमाएका छन ।

पाकिस्तनामा १९ हजार एक सय भन्दा बढी संक्रमित मध्ये चार हजार आठ सय निको भएका छन भने चार सय ४० जनाको मृत्यु भएको छ ।

बंगलादेशमा संक्रमित भएका आठ हजार सात सय ९० जनामध्ये एक सय ७७ निको भएका छन भने एक सय ७५ को मृत्यु भएको छ ।

अफगानिस्तानमा दुई हजार चार सय ६९ संक्रमितमध्ये तीन सय ३१ निको भएका छन भने ७२ जनाले ज्यान गुमाएका छन ।

श्रीलंकामा सात सय पाँच जना संक्रमित भध्ये एक सय ८२ निको भएका छन भने सात जनाले ज्यान गुमाएका छन ।

त्यस्तै माल्दिभ्समा पाँच सय १९ जना संक्रमितमध्ये १८ निको भएका छन भने एक जनाको ज्यान गएको छ ।

नेपालमा हालसम्म ५९ जनामा कोरोना संक्रमण देखिएकोमा हालसम्म १६ जना निको भएर घर फर्किसकेका छन ।