जेठ १० सम्म लकडाउन लम्ब्याउने सरकारको तयारी

काठमाडौं । सरकारले फेरि १० दिनसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा छिमेकी मुलुक भारतमा र नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै १५ दिन लकडाउन थप्ने बिषयमा छलफल भएको जनाइएको छ ।

स्रोतका अनुसार कोरोनाभाइरसले जुनसुकै बेला पनि महामारी हुनसक्ने भन्दै जेठ १० गतेसम्म लकडाउन थप गर्नुपर्ने बिषयमा छलफल भएको हो ।

आइतबार एकैदिन १६ जनामा कोरोना संक्रमण देखिएपछि सरकारले थप सतर्कता अपनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । त्यस्तै हालसम्म कोरोना निको भई घर फर्कनेको संख्या १६ रहेको छ ।