‘माया जदौ’ लाई करोड भ्यु

काठमाडौं । समसामयिक हास्य कथामा निर्माण गरिएको फिल्म ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीतले एक करोड भन्दा बढी भ्यु पाएको छ । दुई महिनाअघि सार्वजनिक भएको गीतले दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित चर्चा पाइरहेको छ ।

साकार पन्तको डेब्यु निर्देशनमा हास्य कलाकार सन्तोष पन्त निर्मित ‘हिजो आजका कुरा’ को यस गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलीया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमीरे, जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा,साकार पन्त, रिमा बिश्वकर्मा, जेबिका कार्कीलगायतका चर्चित कलाकारलाई प्रस्तुत गरिएको छ ।

कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा प्रदर्शन स्थगीत गरिएको फिल्मको जनजीवन सामान्य भएपछि नयाँ प्रदर्शन मिति तय गरिने निर्माण पक्षले जनाएको छ ।