भारतमा पाँच सय ४८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न पाँच सय ४८ जना भारतीय स्वास्थ्यकर्मी आफै संक्रमित भएका छन । अधिकारीहरुका अनुसार संक्रमित हुनेमा डाक्टर, नर्स, तथा प्यारामेडिक्सहरु संक्रमित भएका हुन ।

उनीहरु कसरी संक्रमित भए भन्ने पुष्टि हुन सकेको छैन । भारतीय मिडियाका अनुसार यो संख्या सबै राज्य र केन्द्र सरकाद्वारा संचालित अस्पतालमा काम गर्नेहरुको हो । केन्द्र राजधानी दिल्लीमा ६९ डाक्टर र दुई सय ७४ नर्स तथा प्यारामेडिक्स संक्रमित भइसकेका छन ।