विश्वभर कोरोनाबाट दुई लाख ५९ हजारको मृत्यु, भारतमा ४९ हजारभन्दा बढी संक्रमित, बेलायत बढी आक्रान्त, नेपालमा एकै दिन थपिए १७ संक्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई दिनदेखि तिब्र रुपमा बढिरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबारसम्म कोरोना संक्रमितको संख्या ४९ हजार तीन सय ९१ पुगेको छ । मन्त्रालयले हालसम्म एक हजार ६ सय ९४ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

भारतमा कूल संक्रमितमध्ये १४ हजार एक सय ८३ जना निको भएको जनाएको छ । कोरोनाबाट महाराष्ट्र, गुजरात र नयाँदिल्ली सर्वाधिक प्रभावित क्षेत्र देखिएका छन् ।

बुधबार दिउँसोसम्म विश्वभर कोरोना संक्रमणबाट दुई लाख ५९ हजार ३ सय ९२ जनाको मृत्यु भएको छ । ३७ लाख ५५ हजार पाँच सय १४ जना संक्रमित भएका छन भने बुधबारसम्म १२ लाख ५८ हजार ३२ जना निको भएका छन । उत्तर अमेरिकामा सबैभन्दा बढी ७९ हजार सात सय पाँच जनाको मृत्यु भएको छ भने १३ लाख ४८ हजारभन्दा बढी संक्रमित भएका छन । द

क्षिण अमेरिकामा दुई लाख ३८ हजार भन्दा बढी संक्रमितमध्ये १२ हजार २३ को मृत्यु भएको छ । एसियामा मृत्यु हुनेको संख्या २० हजार चार सय ७६ पुगको छ भने संक्रमितको संख्या पाँच लाख ८९ हजार पुगेको छ । दक्षिण यसियाली मुलुकमध्ये भारत सबैभन्दा बढी प्रभावित छ । त्यसपछि पाकिस्तानमा २२ हजार पाँच सय ५० जना संक्रमित छन भने पाँच सय २६ को ज्यान गएको छ ।

युरोपमा सबैभन्दा बढी क्षति व्यहोर्ने देशको सुचीमा बेलायत परेको छ । कोरोना भाइरसबाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको छ ।

बेलायतमा मृत्यु हुनेको संख्या २९ हजार चार सय २७ पुगेको छ । यो युरोपमा अहिलेसम्म सबैभन्दा धेरैको ज्यान गएको भनिएको इटालीभन्दा पनि धेरै हो । इटालीमा यस प्रकोपबाट ज्यान जानेको संख्या २९ हजार तीन सय छ । संक्रमितको संख्या एक लाख ९६ हजार पुगेको छ ।

नेपालमा बुधबार एकै दिन १७ जना नयाँ संक्रमित थपिएका छन । विरगञ्जमा आइतबार कोरोना संक्रमित देखिएका ३६ वर्षिय पुरुषको परिवारका अन्य १७ जना सदस्यलाई पनि कोरोना पोजेटिभ देखिएको हो । उनीहरु दुई महिनाको शिशुदेखि ६८ वर्ष उमेरसम्मका छन । संक्रमित हुनेमा १० पुरुष र सात महिला भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।