एकातिर कोरोनाको डर, अर्कोतिर गहुँबाली असिनाले लग्यो, किसानलाई भोकमरीको चिन्ता

बैतडी । बैतडीका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूल र धानका बेर्नामा असिनापानीले क्षति पुर्याएपछि किसान चिन्तित भएका छन । केही दिनदेखिको लगातार वर्षा र बुधबार साँझ परेको असिनापानीले गहुँबालीमा व्यापक क्षति पु¥याएको किसानले बताएका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिकालगायत क्षेत्रमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पु¥याएको दशरथचन्द नगरपालिका–२ देहीमाडौँका माया बोहराले बताए ।

पाटन क्षेत्रमा किसानले खेतमा राखेको धानको बेर्नासमेत नष्ट गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका पनि विभिन्न स्थानमा असिनाले बालीनाली व्यापक क्षति पु¥याएको किसानले बताएका छन् । बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको छ ।

जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पु¥याएको तथा पहेँलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पु¥याएकाले गहुँ उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।

जिल्लाको पुर्चौँडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा असिनाले गहुँबाली व्यापक क्षति पु¥याएको हो । असिनाले सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकामा पनि पनि क्षति पु¥याएको छ । वर्षाले पाक्नै लागेको गहुँ भित्र्याउन सकिएको छैन भने धेरै ठाउँमा असिनाले क्षति पु¥याएको सुर्नया गाउँपालिका–८ का डम्मर बोहराले जानकारी दिए ।

असिना परेको ठाउँमा ७५ प्रतिशत गहुँबाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । असिनाले गहुँबाली नष्ट भएका कारण यो वर्ष गहुँको उत्पादन गिरावट आउने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दको भनाइ छ । मुख्य खाद्यबालीका रूपमा रहेको गहुँबालीमा क्षति पु¥याएकाले भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् ।

गत वर्ष २४ हजार पाँच सय मेट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष गहुँ उत्पादन घट्ने देखिएको छ । बैतडीमा १७ हजार पाँच सय हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । असिना पानीले सुदूरपश्चिम क्षेत्रका अन्य जिल्लामा पनि क्षति पुर्याएको छ । एकातिर कोरोना भाइरस संक्रमणका कारण उत्पादका काम रोकिएको र अर्कोतिर भित्र्याउने बेलाको अन्न पनि असिना पानीले लगेपछि किसानलाई भोकमरीको चिन्ता थपिएको हो ।