नेपालमा थप एक जनामा कोरोना पुष्टि,सङ्क्रमितको संख्या ११० पुग्यो

काठमाडौं । आइतबार नेपालमा पुनः एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उदयपुर, भुल्केकी ४३ वर्षीय महिलामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११० पुगेको हो । ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ । हालसम्म ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन ।