सीमा अतिक्रमणको बिरोधमा उत्रिएका अधिकारवादी नेता कृष्ण पहाडीसहित २२ अधिकारकर्मी पक्राउ

काठमाडौं । भारतले गरेको नेपाली भुमी अतिक्रमणको बिरोधमा मंगलबार दिउँसो भारतीय दुतावास लैनचौर अगाडि बिरोध प्रदर्शन गरेको छ । बिरोध प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितलाई गिरफ्तार गरेको छ ।

प्रहरीले समाजका सभापति उत्तम पुडासैनी, बटुकृष्ण ढुंगेल, बलबहादुर गाहा मगर, रामकृष्ण बराल, गीता तिमल्सिना, जगन्नाथ पुडासनैनी, चन्द्रमणी बञ्जरा, नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरी श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरी ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुनसहित २२ जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।

विरोध प्रदर्शनका क्रममा सीमा अतिक्रमण अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, लिपुलेक सडक निर्माण तत्काल रोक, भारतीय सेना कालापानीबाट फिर्ता गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

मानव अधिकार तथा शान्ति समाजले गरेको विरोध प्रदर्शनका क्रममा दाङ शाखाले भारतले गरेको सीमा अतिक्रमणको विरोधमा आज विहान तुलसीपुरमा विरोध प्रदर्शन गरेको थियो । विरोध प्रदर्शनमा शान्ति समाजका केन्द्रिय महासचिव सुशिल बस्नेत, दाङ शाखा सभापति शरद रेग्मी, पुर्व सभापतिहरु मोहन धिताल, निर्मल नेपाली, उपसभापति तुलसीराम सुनुवार, सचिव निर्मला डाँगी, सहसचिव उषा गौतम, सदस्य भीमलाल मरासिनी लगायतको सहभागिता रहेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जनाएकी छिन ।