वीरगञ्जमा पत्रकार, कपिलवस्तुमा स्वास्थ्यकर्मी संक्रमित, समुदायस्तरमै फैलियो कोरोना

काठमाडौं । पर्सामा बुधबार एकैपटक ३९ जनामा पोजेटिभ देखिएका कोरोना संक्रमितमध्ये चार जना पत्रकार पनि रहेको बताइएको छ । सामुहिक स्थलमा समाचार संकलन गर्न जाने र विभिन्न स्थानमा पुग्ने पत्रकारमा कोरोना पोजेटिभ देखिएको हो । नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि रहेको पुष्टि गरिसकेका छन ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो र त्यसपछि छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको थियो ।

आजै तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया नर्समा कोरोना संक्रमण देखिएको बताइएको छ । पर्याप्त सावधानी अपनाउन नसक्दा कपिलवस्तुमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । छ । अस्पतालका नौ जनाको स्वाब संकलन गरिएकामध्ये ८ जनाको रिर्पोट नेगेटिभ आएको छ ।भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो ।

संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसेर घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मी कार्यरत छन । मंगलबार सार्वजनिक विवरण अनुसार कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् ।