कोरोना कहरः संसारभर २ लाख ९२ हजारको मृत्यु, अमेरिकामा मात्रै ८२ हजारले गुमाए ज्यान, नेपालमा मंगलबार एकै दिन ८३ जनामा कोरोना संक्रमण

एजेन्सी । संसारभर बुधबार विहानसम्म दुई लाख दुई लाख ९२ हजार ८ सय ९३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । आजसम्म विश्वभर ४३ लाख ४२ हजार ३ सय ५५ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वभर १६ लाख २ हजार ४ सय ४३ जना भने निको भएका छन ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । यहाँ बुधबार विहानसम्म मृतकको संख्या ८२ हजार नाघेको छ । अमेरिकामा १३ लाख ९५ हजारभन्दा बढी संक्रमित भएका छन । अमेरिकाले यो साता कम्तिमा एक करोड नागरिकको कोरोना परीक्षण गर्ने जनाएको छ । यो अन्य देशको तुलनामा दुई गुना बढी हो । मृतकको संख्या उच्च भएपछि अमेरिकाले यस्तो कदम उठाएको हो ।

चीनमा १६ नयाँ संक्रमित
कोरोना भाइरसको उदगमस्थल चीनमा नयाँ १६ संक्रमित फेला परेका छन । वुहानमा नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या १६ पुगेको छ । यीमध्ये १५ जनामा कुनै लक्षण नै देखिएको छैन ।

मेक्सिकोमा एक सय ११ स्वास्थ्यकर्मीको मृत्यु
कोरोना भाइरसबाट मेक्सिकोमा एक सय ११ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । यहाँ आठ हजार पाँच सय भन्दा बढी स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन । नेशभर ३६ हजार तीन सय २७ संक्रमित पुगेका छन । मेक्सिकोमा तीन हजार पाँच सय ७३ जनाको मृत्यु भइसकेको छ ।

नेपामा एकैदिन ८३ संक्रमित
काठमाडौं र भक्तपुरमा गरि ३ जनासहित थप १६ जनामा कोरोना संक्रमण देखिएको स्वासथ्य मन्त्रालयले राती सवा १० बजे विज्ञप्तिमार्फत जनाएको हो । योसँगै मंगलबार मात्रै नेपालमा ८३ जना नयाँ संक्रमित फेला परेका हुन । यो सँगै नेपालमा २ सय १७ जनमा कोरोना देखिएको छ ।

मुम्बैमा हजारभन्दा बढी प्रहरी संक्रमित
भारतको महाराष्ट्र राज्यमा एक हजारभन्दा बढी प्रहरीमा कोरोना संक्रमण देखिएको छ । महाराष्ट्र प्रहरीले सार्वजनिक गरेको रिपोर्टमा थप दुई सय २१ प्रहरी गरि एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यी मध्ये सात जना प्रहरीको मृत्यु भएको छ । सङ्क्रमित प्रहरीमध्ये एक सय १३ जना निको भएर घर फर्किएका छन् । बुधबारसम्म भारतमा संक्रमितको संख्या ७१ हजार पाँच सय पुगेको छ । पुरा भारतमा मृतकको संख्या दुई हजार तीन सय १० नाघेको छ ।