स्वास्थ्य मन्त्रालयले तथ्यांक सच्यायो, कोरोना संक्रमितको संख्या २४५ मात्रै

काठमाडौं । विहीबार विहान नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको भन्ने तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सच्याएको छ । २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्को सूचना जारी गर्दै संक्रमितको संख्या २४५ नै रहेको जनाएको छ ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको जनाउँदै भनेको छ, ‘पछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका पाँच जनाको विवरण पुन रिपोर्टिड. भएको जानकारी गराउन चाहन्छौँ ।’ मन्त्रालयबाट भएको उक्त त्रुटीको कतै क्षमायाचना गरिएको छैन ।