धनगढी नगरपालिकामा राहत चामलमा भ्रष्टाचर भएको बिषयमा छानविन गर्न समिति गठन

धनगढी । धनगढी उप–महानगरपालिकाले राहतको चामलमा भ्रस्टाचार भएको भन्ने बिषयमा छानविन गर्नका लागि समिति गठन गरिएको छ । उप–महानगरपालिकाको कार्यपालिकाको बैठकले ३ दिनको समय सीमा तोकेर छानबिन समिति गठन गरेको नगरप्रमुख नृवबहादुर वडद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

धनगढी उप–महानगरपालिले प्रेस विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । ुअहिले विश्वव्यापी रूपमा कोरोना भाइरसको महामारी फैलिएको छु, विज्ञप्तीमा भनिएको छ, ुसरकारले महामारी फैलिन नदिन चैत ११ गते देखि लकडाउन जारी गरेको छ । बाध्यात्कम लकडाउनका कारण छाक टार्न समस्या भएका मजदुरहरुलाई सरकारी मापदण्डमा रहेर दोश्रो चरणको राहत वितरणको काम भैरहेको थियो । उप–महानगरपालिकाको वडा नं ४ मा वितरण भैरहेको राहत मध्य केहि ब्यक्तिले बुझेको चामल गुणस्तरीय नभएको गुनासो आउने वित्तिकै वितरणको काम रोकेर छानविन प्रकृया अगाडी बढाई सकिएको आम नगरवासीमा जानकारी गराउन चाहन्छौं ।ु

राहत वितरण र खरिदको बिषयलाई लिएर उप–महानगरपालिकालाई लगाईएको आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तीमा उल्लेख छ । उप–महानगरपालिकाले टेन्डर प्रकृयाबाट चामल खरिद गरेको थियो । चामल खरिद गर्ने काम कानुन सम्मत गरिएको पनि विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ठेक्का पाएको फर्म ठाकुर ट्रेड लिङ्कले सिधै वडामा खसालेको केहि चामलमा त्रुटी भेटिएको बताइएको छ । ुआपूर्तिकर्ता फर्म ठाकुर ट्रेड लिङ्क धनगढीले यस कार्यालय संग सम्झौता भएअनुसारको चामल उपलब्ध नगराई गुणस्तरहिन चामल उपलब्ध गराएकोले बैशाख ३१ गते बसेको नगर कार्यपालिका बैठकले घटनाको थप छानविन र अनुसन्धानका लागि ५ सदस्यीय छानविन समिति गठन गरिसकेको आम नगरवासीमा अनुरोधका साथ जानकारी गराउन चाहन्छौं,ु विज्ञप्तिमा भनिएको छ ।

आजैदेखि लागु हुनेगरी सम्पूर्ण कुराको छानविन सहित ३ दिन भित्र कार्यपालिका बैठकमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी समितिलाई दिईएको छ । छानविन समितिको प्रतिवेदनका आधारमा ठेक्का रद्दलगायत अन्य कानुनी कार्वाहीमा गरिने पनि विज्ञप्तीमा उल्लेख छ ।