भारतमा भयावह बन्दै कोरोना संक्रमण, एकै दिन चार हजार संक्रमित, २६ सयभन्दा बढीको मृत्यु, अमेरिकामा ८६ हजारको गयो ज्यान, विश्वभर ३ लाख ३ हजारको मृत्यु, ४५ लाख २६ हजार संक्रमित, १७ लाख निको भए

एजेन्सी । भारतमा कोरोना संक्रमण भयावह बन्दै गएको त्यहाँका मिडियाहरुले उल्लेख गरेका छन । पछिल्लो २४ घन्टामा ३ हजार नौ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने सय जनाको मृत्यु भएको छ ।

भारतीय केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार विहानसम् मभारतमा ८२ हजार नागरिक संक्रमित भएका छन । हालसम्म २७ हजार नौ सय २० जना उपचारपछि घर फर्किएका छन । आजसम्म दुई हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।

यस्तै विश्वभर शुक्रबार विहानसम्म ४५ लाख २६ हजार नौ सय ३४ जना संक्रमित भएका छन । त्यसमध्ये १७ लाख पाँच हजारभन्दा बढी निको भएका छन । शुक्रबार विहानसम्म ३ लाख ३ हजार चार सय सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अमेरिकामा शुक्रबारसम्म १४ लाख ५७ हजार पाँच सय ९३ जना संक्रमित भएका छन भने ८६ हजार नौ सय १२ को मृत्यु भएको छ । यहाँ हालसम्म ३ लाख १८ हजार निको भएका छन ।

नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएको छ । शुक्रबार विहान नौजना नयाँ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।