शनिबार विहान थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

मन्त्रालयले शनिबार १० बजे जारी गरेको विज्ञप्ति अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या दुई सय ७३ पुगेको छ। हालसम्म निको हुनेको संख्या ३६ छ ।