पुनः थपिए तीन जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं । कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेको बताइएको छ । यसअघि आज आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।