रौतहटमा १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं । रौतहटमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौट्टहटका १० जाना कोरोना संक्रमित थपिएका हुन् ।

रौतहटको राजपुर नगरपालिका फरहदवा- ९ का १८ देखि ४८ वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका ७ जना पुरुषमा कोरोना देखिएको हो ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ ।