विराटनगर । आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
प्रदेश १ को विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको छ । त्यसैगरी धनकुटामा ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएकोछ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।