१५ दिन थपियो लकडाउन

काठमाडौं । लकडाउनको अवधि जेठ २० गते सम्मका लागि थपिएको छ । उच्चस्तरीय समन्वय समितिको सिफारिस अनुसार मन्त्रिपरिषदको आज बसेको बैठकले लकडाउन आगामी जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

भोली सोमबारदेखि यसअघि थपिएको लकडाउनको अवधि समाप्त हुँदै थियो । देशमा कोरोनाको संक्रमणबाट २ सय ९५ जना संक्रमित र दुई जनाको निधन भएको अवस्थालाई हेरेर सरकारले लकडाउनको अवधि लम्ब्यायने निर्णय गरेको जनाएको छ ।

देशमा गत चैत ११ देखि लकडाउन सुरु भएको हो ।