प्रदेश २ मा १३१ जना कोरोना सङ्क्रमित

जनकपुरधाम । सोमबार मध्यान्नसम्म देशभर कोरोना संक्रमितको संख्या ३०४ पुगको बेला प्रदेश नं २ मा मात्रै १३१ जना संक्रमित देखिएका छन । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्यांकअनुसार यस प्रदेशमा आइतबारसम्ममा १२२ जना कोरोना सङ्क्रमित थिए। आज बिहान ९ जना थपिएपछि यो सङ्ख्या १३१ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान जारी गरेको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका आठ र बाराका एक गरी नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख छ ।

आज बिहान थपिएका नौ जनामा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष छन् ।

यस प्रदेशको आठ जिल्लामध्ये सोमबार बिहानसम्म रौतहटमा २१, बारामा पाँच, पर्सामा ९१, धनुषामा पाँच, महोत्तरीमा चार, सर्लाहीमा तीन, सप्तरी र सिरहामा एक÷एक जना कोरोना सङ्क्रमित छन् ।