कोरोना लक्षणको सूचीमा ब्रिटेनले समावेश गर्यो थप दुई लक्षण: संक्रमितमा सुँघ्ने र स्वाद नआउने समस्या

एजेन्सी । ब्रिटेन सरकारले कोरोनाको लक्षणहरुमा थप दुई लक्षण थप गरेको छ । त्यहाँ देखिएका संक्रमित हरुमा ज्वरो आउने, खोकी लाग्ने र स्वासप्रस्वासमा देखिने लक्षणमा थप स्वाद नआउने र गन्ध नआउने लक्षण पनि थप गरेको हो ।

ब्रिटेन सरकारले यस्ता लक्षण देखिने वित्तिकै आफूलाई आइसोलेट गरेर तुरुन्त परीक्षण गराउन पनि सुझाव दिएको छ । ब्रिटेनका मुख्य स्वास्थ्य अधिकारीले भनेका छन कि एनोस्मिया (मेडिकल भाषामा सुघ्ने क्षमता कम हुनु)लाई सरकारी वैज्ञानिक सल्लाहकार समूह न्यूह एन्ड इमर्जिङ रेस्पिरेटरी वायरस थ्रेट एडवाइजरी गु्रप (एनईआरवीटीएजी) द्वारा यसको लक्षणबारे आंकलन गरेपछि यसलाई आधिकारिक सरकारी मार्ग निर्देनमा थप गरिएको हो ।

अध्ययनमा २४ देखि २९ मार्चको बीचमा भेटिएका ५९ प्रतिशत संक्रमितहरुलाई सुँघने र स्वादको क्षमतामा कमी भएको पाइएको थियो । जबकी नेगेटिभ देखिएकाहरुमा यो दर १८ प्रतिशत मात्रै थियो ।

इंल्याण्डका डिप्टी चिफ मेडिकल अफिसर जोनाथन वैन टैमले भनेका छन कि ‘यो तथ्यांकको नियमित समीक्षा गरिँदै आएको थियो । तर सवाल यो थियो कि यो लक्षण कति महत्वपूर्ण हो भन्ने ।’

जब उनलाई यो लक्षण समावेश गरिनुपर्छ भन्ने लाग्यो अनि उनले मेडिकल अधिकारीहरुको समूहमा यो कुरा राखे । त्यसको केही दिनमा यसलाई कार्यान्वयन गरियो । विश्व स्वास्थ्य संगठनले यसअघि नै एनोस्मियालाई लक्षणको सूचमा समावेस गरेको छ ।