कोरोना पोजेटिभ देखिएपछि मैतीदेवी शिल

मन्त्रलायले रामेछाप ठेगाना खुलाएका कारोना पोजेटिभ व्यक्ति मैतीदेवीमा बस्दै आएका थिए

काठमाडौं । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रामेछाप खाँडादेवीका एक जनामा कारोना संक्रमण पुष्टि भएको भनिएका व्यक्ति काठमाडौंको मैतीदेवीमा बस्तै आएको पाइएपछि आज मैतीदेवी मन्दिरभन्दा दुईसय मिटर अगाडिदेखि मैदीदेवी चोक एरिया शिल गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले रामेछापका व्यक्तिमा कारोना पोजेटिभ भनेर परिचय खुलाइएका व्यक्ति वैशाख ३० गते रामेछापबाट काठमाडौं आएको खुलेको प्रहरीले जनाएको छ । संक्रमित व्यक्तिलाई भने टेकु अस्पतालमा आइसोलेसनमा राखिएको बताइएको छ ।

मैतीदेवी डेरामा बस्ने उनलाई कोरोना देखिएपछि उक्त एरिया शिल गरिएको हो । अहिले प्रहरीले उक्त एरियामा सर्वसाधारणका लागि आउजाउ बन्द गरेको छ ।