कोरोनाबाट विश्वभर ३ लाख ३४ हजारको मृत्यु, ५१ लाख ८८ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसबाट हालसम्म विश्वभर ३ लाख ३४ हजार ३९ जनाको मृत्यु भएको छ । ५१ लाख ८८ हजार ३५६ जना संक्रमित भएका छन् ।

२० लाख ७८ हजार २०४ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ८०० जनाले ज्यान गुमाएका छन् भने १ लाख ४ हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ ।

२७ लाख ७६ हजार ११३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ६४५ जनाको अवस्था गम्भीर छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा कोरोना फैलिएको छ ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९६ हजार २६९ जनाको मृत्यु भएको छ । १६ लाख १९ हजार ७८७ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख १७ हजार ५५४ जना संक्रमित भएका छन् भने ३ हजार ९९ जनाको मृत्यु भएको छ ।