नेपालमा सोमबार थपिए ७२ कोरोना संक्रमित, संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं । नेपालमा सोमबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ७२ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

नेपालमा उपचारपछि निको हुने संक्रमितको संख्या पनि बढिरहेको छ । सोमबारसम्म संक्रमितमध्ये १०५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन । आजसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको बताइएको छ ।