थप सात जनामा कोरोना, संक्रमितको सन्ख्या ६८२ पुग्यो

काठमाडौं । आज थप ७ जनामा कोरोना पुस्टी भएको छ । यो सँगै नेपालमा संक्रमितको सन्ख्या ६८२ पुगेको छ ।

आजै १ जनाको कोरोनाबाट मृत्यु भएको पुस्टी भएको छ । उनको जेठ ४ गते बिरगन्जको नेशनल अस्पतालमा निधन भएको थियो ।

आजसम्म नेपालमा कोरोना संक्रमणपछि उपचार गरेर निको हुनेको संख्या १०५ पुगेको छ । उनीहरु उपचारपछि घर फर्किएका छन ।