मंगलबार एकै दिन थपिए ९० कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ७ सय ७२ पुग्यो, उपचारपछि निको हुनेको संख्या १ सय ५५, संक्रमणबाट देशका ४६ जिल्ला प्रभावित

काठमाडौं । मंगलबार एकै दिन नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले थप ९० जनामा संक्रमण पुष्टि भएको बताए ।

आज संक्रमित भएका मध्ये राष्ट्रिय जनस्वास्थ्यको प्रयोगशालामा ३५ जनाको रिपोर्ट पोजिटिभ आएको हो । उता भेरी अस्पतालमा १, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७, सेती प्रयोगशालामा २, पोखराको प्रयोगशालामा २, सुर्खेत प्रदेशिक अस्पतालमा १२, नेपालगन्जमा ७, दाङमा गरिएको परिक्षणमा २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

२ वर्षिया बालिकामा समेत कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए । कोरोनाको संक्रमण हाजसम्म ४६ जिल्लामा फैलिएको पनि मन्त्रालयले जनाएको छ । आजसम्म कोरोनाबाट नेपालमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक सय ५५ जना उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।