कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेनको सङ्ख्या एक लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघेको छ ।

वर्ल्डओमिटरले जनाएअनुसार बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको कारण एक लाख पाँच सय ७९ जनाको ज्यान गएको छ ।

अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार दुइ सय ७५ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये चार लाख ७९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ११ लाख ४४ हजार ७२७ जना उपचार गराइरहेकोमा १७ हजार भन्दा धेरै गम्भीर बिरामी छन् ।

२ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका तीन लाख ५२ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।