भ्रमपूर्ण समाचारले अलमलमा नपर्न काँग्रेस सभापति देउवाको आग्रह

काठमाडौं । काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमी भएको बताउँदै संविधान संशोधनको प्रस्तावमा कांग्रेसको धारणाबारे भ्रमपूर्ण समाचारले अलमलमा नपर्न आग्रह गरेका छन्।

सत्तापक्षका केही नेता र मन्त्रीले प्रतिपक्षको आग्रकका कारण संविधान संसोधन प्रस्ताव कार्यसूचीबाट हटाइएको अभिव्यक्ति दिएपछि बुधबार राति ट्विट गर्दै देउवाले नयाँ नक्साबारे संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको बताउँदै भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गरेका हुन।

उनले संशोधन प्रस्तावबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्ने जानकारी ट्वीटमार्फत गराएका छन ।