अबको बजेट कृषि र युवा लक्षित हुनुपर्छ : मेयर साउद

डडेल्धुरा । संघीय सरकारले आज प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७७र७८ को बजेट कृषि तथा युवा लक्षित हुनुपर्ने परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउदले बताएका छन ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण हजारौंको नेपाली वैदैशिक रोजगारीबाट फर्किएका र फर्कने क्रम जारी भएकाले नेपाल भित्रिएका युवालाई रोजगार, इलम
र उत्पादनसँग जोडन कृषितर्फ आकर्षण बढाउनुपर्ने बजेट ल्याइनुपर्ने मेयर साउदको धारणा छ ।

परशुराम नगरपालिकाको बजेट युवा रोजगारी र कृषि उद्यमी उत्पादकत्व र बजारीकण केन्द्रित भएको बताउँदै उनले केन्द्र सरकारले आज ल्याउने आर्थिक वर्ष २०७७र०७८ को बजेट, प्रदेश सरकारले ल्याउने बजेट पनि कृषि उद्यम र युवा केन्द्रित हुनुपर्ने बताए ।

आगामी वर्षको नगरको बजेट पनि युवालाई स्वरोजगार, उदमशील र उत्पादनकेन्द्रित ल्याउने तयारीमा आफू रहेको उनले जानकारी दिए । बजेटबारे कार्यपालिकामा छलफल भइरहेको पनि उनले बताए ।

‘विभिन्न ब्यक्तिहरुबाट सुझाव संकलन भइरहेको छ,’ उनले भने, ‘देशब्यापी बजेट जनमुखी हुनुपर्छ ।’ उनले समृद्धि विकास भन्ने करा जनता सुरक्षित रहे पछि पनि गर्न सकिने बताउँदै भने, ‘अहिलेको विषम परिस्थितिमा जनतालाई दैनिक जोहोका समस्या छ । यस्तो बेला ज्याला, मजदुरी गरेर जीवन गुजारा गर्नेलाई साँझ बिहानको छाक टार्न समस्या परिसकेको छ । अहिले उनीहरुले दैनिक गुजारा गर्नसक्ने योजनासहितको बजेटको खाँचो छ ।’