विहीबार दिउँसोसम्म थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कुल संक्रमितको संख्या एक हजार ४२ पुग्यो

काठमाडौं । विहीबार नेपालमा थप एक सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा पुष्टि भएका यी संक्रममितसहित नेपालमा कूल कोरोना संक्रमितको संंख्या एक हजार ४२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप एक सय ५६ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन । एकैपटक यति धेरै सक्रममित फेला परेको यो पहिलो पटक हो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने आजसम्म एक सय ८७ जना उपचारपछि निको भएका छन ।