काठमाडौं । शुक्रबार एकै दिन एक सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशमा आजसम्म १२ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म कोरोनाका कारण ६ जनाको ज्यान गएको छ ।
शुक्रबारसम्म उपचारपछि २०६ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
लगातार कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालका आइसोलेसनहरू भरिन थालेका छन् । मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा झन् सतर्क हुनुपर्ने बेला आएको भनिएको छ ।