देशै रोयो कोरोनाले…

काठमाडौं । समसामयिक विषयलाई समेटेर ुदेशै रोयो कोरोनाुले बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा सञ्चारकर्ममा समेत सक्रिय सरिता भारती र चेतन गोतामेले सहकार्य गरेका छन ।

गायक गोतामे गतवर्ष सम्पन्न गायन सम्बन्धि रियालिटी सो नेपाल लोकस्टारका रनरअप हुन् । गायिका सरिता ब्युटी न्युज नेपालकी समाचार संयोजक हुन् । गायिका सरिता, गायक चेतनसँगै गीतमा महेश बिक्रम पाण्डे र पुजा गुरुङको पनि स्वर समेटिएको छ ।

गीत सागर प्रधानले लेखेका हुन् भने संगीत पनि प्रधानकै हो । युट्युवमार्फत गीतको भिडियो रिलिज गरिएको हो । गीतमा चेतन र सरितासँगै अन्य २० जना भन्दाबढी कलाकार भिडियोमा समेटिएका छन । लकडाउनकै बेला यो गीत रेकर्ड गरिएको हो । गीतको भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन ।