काँग्रेस केन्द्रीय समितिमा संविधान संसोधनका पक्षमा मदतान गर्ने प्रस्ताव

काठमाडौं । कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकारले सार्वजनिक गरेको नक्सा र संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने प्रस्ताव गरिएको छ ।

काँग्रेस प्रवक्त विश्वप्रकाश शर्माले ट्वीटमार्फत भनेका छन, ुकालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ । केन्द्रीय समितिमा सुस्पष्ट प्रस्ताव १ु

संविधान संशोधनका बिषयमा छलफल गर्न शनिबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा उक्त प्रस्ताव स्पष्टसँग पेश भएको प्रवक्ता शर्माले उल्लेख गरेका छ ।

सरकारले संसदमा प्रस्तुत गर्ने मुलुकको नयाँ नक्साअनुसारको निसान छाप बनाउन संविधान संशोधन विधेयकबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।