लकडाउन जेठ ३२ सम्म, हवाइ उडान र अन्तर्राष्ट्रिय सीमा असार १६ सम्म बन्द

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलन नदिन गत चैत ११ गते देखि सरकारले लगाएको लकडाउन जेठ ३२ सम्मका लागि लम्ब्याइएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने र हवाइ सेवा तथा अन्तर्राष्ट्रिय सीमा आगामी असार १६ सम्म बन्द गर्ने निर्णय गरेको हो ।

विज्ञहरुसँग परामर्श गरेर यो बीचमा पनि लकडाउनको मोडालिटी फेरबदल हुनसक्ने बताइएको छ । कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णयसमेत मन्त्रिपरिषदले गरेको छ । सुरक्षा परिषद्को बैठकको निर्णयको आधारमा सेना परिचालनको निर्णय गरिएको हो ।