भारतमा दिनदिनै बढ्दै कोरोना संक्रमण, एकै दिन करिब ८ हजार संक्रमण, २६५ को मृत्यु

एजेन्सी । भारतले कोरोना भाइरसबाट जोगिनका लागि करिब अढाई महिनादेखि लकडाउन घोषणा गरेको छ । तर संक्रमणको गति भने तीव्र बन्दै गएको छ ।

कोरोना भाइरसका कारण देशमा पछिल्लो २४ घन्टामा २६५ जनाको मृत्यु भएको छ । योसँगै शनिबारसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ९ सय ७१ जना पुगेको छ । शनिबार आजसम्मकै सबैभन्दा बढी एकै दिन ७ हजार ९ सय ६४ जना संक्रमित भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । हालसम् मभारतमा एक लाख ७३ हजार ७ सय ६३ जना संक्रमित भएका छन ।

योसँगै भारत कोरोना संक्रमणबाट धेरै प्रभावित मुलुकको सूचीमा नवौँ नम्बर परेको छ । मन्त्रालयका अनुसार संक्रमित मध्ये ८२ हजार ३ सय ६९ जना उपचारपछि घर फर्किएका छन । अहिले ८६ हजार ४ सय २२ जनाको उपचार भइरहेको छ ।