काँग्रेस नेता चौधरीको निधन

कैलाली । नेपाली कांग्रेसका नेता रामसमज चौधरीको निधन भएको छ । लामो समयदेखि जण्डिस रोगसँग संघर्ष गरिरहेका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा  आज विहान ११ बजे निधन भएको छ ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य चौधरी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन । चौधरीको निधनप्रति नेपाली काँग्रेस कैलाली र केन्द्रले गहिरो दुःख व्यक्त गर्दै, इमानदार, क्रियाशील र पार्टीले एक सबल नेता गुमाएको जनाएको छ ।

नेता चौधरीको आत्माको शान्तिको कामना गर्दै दुःखको घडीमा इश्वरले परिवार, शुभचिन्तकमा धैर्यधारणका लागि काँग्रेसले कामना गरेको छ ।