भारतमा तीव्र बन्दै कोरोना संक्रमण, सर्वाधिक प्रभावित देशको सूचीमा सातौँ स्थानमा

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण दिनदिनै तीव्र बन्दै गएको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा आठ हजार ३ सय ९२ संक्रमित भएका छन ।

२४ घन्टामा २३० जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल ९३ हजार ३ सय २२ जनाको उपचार भइरहेको छ भने ९१ हजार ८ सय १८ जना निको भएका छन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्नै आँटेको छ । युनिभर्सिटीका अनुसार भारतमा कूल १ लाख ९० हजार ६ सय ९ जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । यसमध्ये ५ हजार ४ सय ८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमितको हिसाबले भारत संसारको सातौं सर्वाधिक प्रभावित देशको सूचीमा परेको जनाएको छ ।