एकै दिन थपिए २ सय २६ कोरोना संक्रमित, देशभर संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । सोमबार एकै दिन देशभर दुई सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुई सय १३ पुरुष र १३ जना महिलामा संक्रमा देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आजसम्म देशभर संक्रमितको संख्या एक हजार सात सय ९८ जना पुगेको छ । उपचारपछि दुई सय २१ जना संक्रमित निको भएर घर फर्किएका छन । देशभर कोरोना संक्रमणबाट मृत्यु हनेको संख्या आजसम्म ८ जना छन ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ७१ हजार नौ सय तीन वटा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । गएको २४ घन्टामा २ हजार ३ सय १० वटा नमुना परीक्षण गरिएको छ । सातै प्रदेशका क्वारेन्टिनमा आजसम्म १ लाख ३३ हजार ९ सय ३३ जना छन् । आज १५ सय ६९ जना देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।