नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९९, मंगलबार एकै दिन थपिए २ सय ८८ संक्रमित

काठमाडौं । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । आज एकै दिन दुई सय ८८ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा जनाकारी गराइए अनुसार रौतहटका ७२ जना नयाँ संक्रमित देखिएका छन । त्यस्तै स्याङजाका १०, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछाममा १०, बाराका १, दाङका १७, प्युठानमा १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २ , सर्लाहीका २१ जना थप भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सिराहाका १७, भक्तपुर र धादिङका १, १ जना, कपिलबस्तुका १६, नुवाकोटका २, रुपन्ददेहीका १० जनामा कोरोना संक्रमण देखिएको छ । उता नवलपरासी पूर्व र पश्चिममा पनि १, १ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौंमा काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै आजसम्म पुष्टि भएका संक्रमितको सँख्या दुई हजार ९९ पुगेको छ ।