भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ । भारतमा कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा २२१ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी ८ हजार ८१३ संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म ५ हजार ८२९ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । यस्तै संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार भारतमा २ लाख ७ हजार १८३ कोरोना संक्रमित पुगेका छन् ।

यीमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । १ लाख २८५ कोरोना संक्रमित भने निको भएर घर फर्कि सकेका छन् ।