अम्बानीकी छोरीको विहेमा बियोन्सेको प्रस्तुति

रिलायन्स उद्योगका अध्यक्ष मुकेश अम्बानीकी छोरी ईशा अम्बानी आउँदो डिसेम्बरमा व्यापारी अजय पिरामलका छोरा आनन्द पिरामलसँग विवाह गर्दैछिन् । यो ‘हाइप्रोफाइल’ विवाहको चहलपहल सुरु भइसकेको छ ।

भारतीय मिडियाका अनुसार ईंशाको संगीत सेरेमोनीमा हलिउडकी चर्चित पप गायिका बियोन्सेले प्रस्तुती दिनेछिन् । विवाह समारोहलाई अझै भव्य बनाउन पप गायिका बियोन्सेले लाइभ प्रस्तुति दिने बताइएको छ ।

भारतीय मिडियाका अनुसार आनन्द र ईशा लाइभ प्रस्तुतिका लागि उत्साहित छन् । बेलायती पत्रिका गार्जियनले पनि यस विवाहलाई लिएर केही खुलासा गरेको छ । गार्जियनका अनुसार पप गायिका बियोन्सेले लाइभ प्रस्तुतिका लागि १५ करोड रुपैयाँ भारु लिनेछिन् । ईशा र आनन्दको इंगेजमेन्ट २१ सप्टेम्बरमा भएको थियो ।