आशाको दीप बल्दो, कोरोनाबाट निको हुनेको संख्या ३० लाख नाघ्यो

काठमाडौं । चार महिना हुँदा पनि विश्व कोरोना त्रासबाट मुक्त हुन सकेको छैन । दिनहुँ नयाँ संक्रमित थपिदा छन् । तर, त्यही त्रासको बिचमा निको हुनेको संख्या पनि थपिदो छ । जसले आशाको दीप बालिरहेको भान हुन थालेको छ ।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६४ लाख ७८ हजारभन्दा बढी पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ३० लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

५४ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । यो भाइरसले पछिल्लो समय लेटिन अमेरिकन देशहरूमा भयावाह स्थिति सिर्जना गरेको छ ।

भाइरस नियन्त्रणका लागि १५० भन्दा बढी वैज्ञानिकहरू भ्याक्सिन बनाउन लागि परेका छन् । तर, हालसम्म ठोस सफलता पाउन सकेका छैनन् ।