सिनामंगलको काठमाडौं मेडिकल कलेजमा चार जनालाई कोरोना देखिएपछि केही समयका लागि अस्पताल बन्द

काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल केही समयका लागि बन्द गरिएको छ । अस्पतालमा उपचारत गाइनोका दुई जना बिरामी र दुई जना चिकित्सकमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि केही समयलाई अस्पताल बन्द गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालाई सेनिटाइज गर्नुपर्ने भएकाले केही दिनका लागि बन्द गर्नुपरेको केएमसी स्रोतले बताएको छ । बिरामीहरुलाई असुविधा नहोस भनेर अस्पताल प्रशासनले बुधबार सूचना नै जारी गरेको छ । हाललाई अस्पतालका सबै सेवा बन्द गरिएको जनाइएको छ ।

गाइनोका दुई जना सेवाग्राही र दुई जना चिकित्सकलाई संक्रमण देखिएकाले जोखिम नबढोस भनेर सेनिटाइजका लागि आकास्मिकसमेतका सेवा बन्द गरिएको छ । विभिन्न विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले सम्पूर्ण सेवा अर्को सूचना प्रकाशित नभइन्जेलसम्म स्थगित गरिएको प्रशासनका एक अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयले कोरोना उपचारका लागि अस्पताल छुट्टाएर उचित व्यवस्थापन गर्न नसक्दा ठूला अस्पता बन्द हुने र अन्य विरामीले पनि सेवा नपाउने अवस्था बढ्दै गएको छ ।