भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको स‌ंख्या ६ हजारभन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८८ पुगेको हो ।

एकै दिन ९ हजार ६३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा नै कोरोना संक्रमण देखिएको छ । भारतमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ८२४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४ हजार ७१ जना संक्रमणमुक्त भएका छन् ।