काठमाडौं । थप १६ जनामा संक्रमण पुष्टि भएको छ । आज विहानै गण्डकी प्रदेशका १६ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो । संक्रमित बागलुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लाका रहेका छन् ।
१६ जनामध्ये बागलुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १ र पर्वतमा ४ जना छन् ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।